• बैशाख २३ २०८३, बुधबार

ललितपुर घटना अपडेट : आगो बालेर सुतेका कारण मृत्यु भएको अनुमान

फाल्गुन २३ २०७८, सोमबार

काठमाडौँ। ललितपुरमा एकै घरका पाँच जनाको मृत्यु भएको छ। कोयोसोम गाउँपालिका–४ नल्लुमा टिनको छानो भएको घरभित्र राति आगो बालेर झ्याल ढोका थुनेर सुत्दा अक्सिजन नपुगेर मृत्यु भएको हुनसक्ने घटनास्थल पुगेको चिकित्सकको टोलीले अनुमान गरेको छ।

महानगरीय प्रहरी परिषद् जावलाखेलका प्रवक्ता सिद्धिविक्रम शाहका अनुसार ५५ वर्षीया काइँली स्याङ्तान, ३३ वर्षीया सुस्मा, नौ वर्षीय आशिष, सात वर्षीया आस्मा र दुई दिनको शिशुको मृत्यु भएको हो।

प्रहरीका अनुसार चार जना घरभित्रै र एकको उपचारका क्रममा मृत्यु भएको हो। गम्भीर अवस्थामा रहेका २२ वर्षीय शुभ तामाङको ललितपुरस्थित पाटन अस्पतालमा उपचार भइरहेको छ।