• बैशाख २२ २०८३, मंगलवार

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

फाल्गुन २३ २०७८, सोमबार

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ ।

बैठक बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बिहान ११ बजे बस्ने माओवादी केन्द्रले जनाएको छ। गत शुक्रबारदेखि सुरु भएको बैठक आइतबार बस्ने तय भए पनि अन्तिम समयमा आएर तयारी नपुगेको भन्दै स्थगित भएको थियो ।

आजको बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिने र स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल हुने कार्यसूची रहेको छ।

गत शुक्रबार सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसिसी अनुमोदन गर्नुपर्ने विषयमा बोलेका थिए भने नेता नारायणकाजी श्रेष्ठले पनि आफ्नो धारणा राखेका थिए।

एमसिसीको विवादलाई टुंग्याएपछि केन्द्रीय सदस्यहरुको मनोनयन र पदाधिकारी चयनमा छलफल हुने जनाइएको छ । गत पुसमा सम्पन्न माओवादी महाधिवेशनले २ सय ९९ सदस्यीय केन्द्रीय कमिटी निर्धारण गरेकोमा १० प्रतिशत सदस्य केन्द्रीय समितिबाट चयन गर्ने ब्यवस्था गरिएकोथियो ।

त्यस्तै एक जना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र कोषाध्यक्ष चयन गर्न बाँकी छ ।