• बैशाख २३ २०८३, बुधबार

आफैले बोकेको बन्दुकको गोली लागेर प्रहरी जवान घाइते

फाल्गुन २२ २०७८, आईतवार

काठमाडौं । टीकापुरमा बैदीस्थित कालाकुण्डा प्रहरी चौकीमा कार्यरत झंकर बोहरा गोली लागेर घाइते भएका हुन।डिउटीमै भएकै समयमा आफैले बोकेको बन्दुकको गोली लागेर बोहरा घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

डिएसपी वेदप्रकाश जोशी शनिबार राति मुल गेटको डिउटीमा रहेका बेला बोहराले आफैले आफैमाथि बन्दुक ताक्दा बन्दुक पड्केको बताए। उनले आत्महत्या गर्न खोजेको हुन सक्ने प्रहरीको अनुमान छ। बोहरा टीकापुर नगरपालिका – २ निवासी हुन्।

घाइते बोहराको चिउडोमा गोली लागेको छ। अहिले उनको नेपाल प्रहरी अस्पताल काठमाडौंमा उपचार भैरहेको प्रहरीले जनाएको छ।