काठमाडौं । तनहुँको दमौलीस्थित मुख्य चोकमा लागेको आगो ४ घण्टापछि नियन्त्रणमा आएको छ । सिम्रिक एयरको हेलिकप्टरले मादी नदीबाट पानी ओसार्दै आगो निभाइएको छ ।
आज बिहान १० बजेदेखि आगलागी सुरु भएको आगो अपराह्न २ बजे नियन्त्रणमा आएको हो ।आगलागीबाट चार/ पाँच घरमा क्षति पुगेको छ । आगलागीको एकिन क्षति प्राप्त नभइसकेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए ।
व्यास नगरपालिकाका साथै पोखराबाट गएको दमकल र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ आफैँ चढेर आएको हेलिकप्टरले आगो निभाउन सहयोग पुगेको थियो ।