• बैशाख २३ २०८३, बुधबार

ओखलढुंगामा जिप दुर्घटना : एकको मृत्यु, सात जना घाइते

फाल्गुन २२ २०७८, आईतवार

ओखलढुंगा । ओखलढुङगाको सिद्धिचरण नगरपालिका-५ सिस्नेखोलामा आइतबार बिहान जिप दुर्घटना भएको छ। दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ७ जना भने घाइते भएका छन् ।

मृत्यु हुनेमा जिपमा सवार ओखलढुङगाको चिसङखुगढी गाउँपालिका–३ बस्ने ३८ वर्षीया कुमारी श्रेष्ठ रहेकी छिन् । गम्भीर घाइते भएकी उनको उपचारको क्रममा सामुदायिक अस्पताल ओखलढुङगामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये चालक र अर्का एक जना थप उपचारको लागि काठमाडौँ पठाइएको छ । अन्य घाइतेको सामुदायिक अस्पताल ओखलढुङगामै उपचार भइहेको छ । माम्खाबाट ओखलढुङगातर्फ जाँदै गरेको प्रदेश १–०२ ०–०१ ज ३८७५ नम्बरको जिप आइतबार बिहान ८ बजे अनियन्त्रित भइ दुर्घटना भएको हो ।