• बैशाख २३ २०८३, बुधबार

तनहुँको दमौली बजारमा भीषण आगलागी

फाल्गुन २२ २०७८, आईतवार

तनहुँको सदरमुकाम दमौली बजारमा भीषण आगलागी भएको छ । भोर्लेटार चोकमा स्थानीय भुपाल हार्डवेयरको गोदाममा आइतबार बिहान करिब १० बजेबाट शुरु भएको आगलागी अहिले सम्म नियन्त्रणमा आउन सकेको छैन।

आगलागीका कारण छिमेकका अन्य घर पनि उच्च जोखिममा परेका छन् । अहिले दमकल आगलागी भएको स्थानमा पुगिसकेको र आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।