धनुषा । धनुषामा गोली प्रहारबाट एक युवक घाइते भएका छन् । जनकपुरधाम उपमहानगरपालिका-१९ मा शनिबार राति गोली चल्दा १८ वर्षीय मुकेश मुखिया घाइते भएको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।
उनका मामा भोगी मुखियाले चलाएको किराना पसलमा ५/६ जनाको समूहमा बसेर कुराकानी गरिरहँदा एक्कासी उनीमाथि गोली प्रहार भएको थियो।
मुखियाको चिउँडोमा लागेको गोली घाँटीमा गएर अड्किएको छ। । उनलाई राति नै उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
गोली प्रहार गर्नेको खोजी भइरहेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।