विराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कठिन परिस्थितिमा बनेको गठबन्धन सरकार चलाउनलाई मात्र रहेको बताएका छन् ।
नेपाली काँग्रेस विराटनगर महानगरपालिका कार्यसमितिद्वारा आज यहाँ आयोजित वर्तमान अवस्थामा नेपाली काँग्रेसको भूमिका विषयक बृहत् सभालाई सम्बोधन गर्दै उनले भने, ‘नेपाली काँग्रेस प्रतिपक्षमा रहँदा एउटा कुरा र सत्तामा जाँदा अर्को कुरा गर्ने पार्टी होइन, कठिन परिस्थितिमा बनेको गठबन्धन सरकार चलाउनलाई मात्र हो, आगामी चुनावसम्मका लागि होइन ।’
डा कोइरालाले काँग्रेस निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने जिकिर गर्दै सिद्धान्त र विचार नमिल्ने कम्युनिस्टसँग तालमेल गरेर नेपाली काँग्रेस चुनावमा नजाने बताए ।