काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा राँके जुलुस प्रदर्शन गरेको छ ।
राप्रपा नेपाल समर्थित विद्यार्थी संगठनले शनिबार साँझ बढेको मूल्य तत्काल फिर्ता हुनुपर्ने , भ्रष्टाचारको अन्त्य हुनुपर्ने, हिन्दूराष्ट्र कायम हुनुपर्ने जस्ता नारा लगाउदै जुलुस प्रदर्शन भएको हो।
पार्टी कार्यालय धुम्बाराहीबाट निकालेको जुलुस चावहिलको पुल पुगेर कोण सभामा परिणत भएको थियो। कोण सभालाई सम्बोधन गर्दै विद्यार्थी संगठनका अध्यक्ष कमल बमले सरकार भ्रस्टाचारमा लिप्त भएको र जनताको ढाड सेकिने मूल्य वृद्धिलाई भने निरन्तर जारी राखेको भन्दै चर्को आलोचना गरेका थिए ।