सप्तरी । नेपाली काँग्रेस सप्तरीको नयाँ नेतृत्व चयनका लागि आज भएको मतदानमा मतपत्र च्याताच्यात भएको छ ।
रूपनी गाउँपालिका–५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा बिहान ११ बजदेखि मतदान सुरु भएको थियो । ५० प्रतिशत मतदान भइसकेपछि विवाद सुरु भएको हाे । दुवै पक्षबीच मतपत्र च्याताच्यातसँगै विवाद भएपछि साँझ ५ बजे मतदान प्रक्रिया रोकिएको निर्वाचन अधिकृत रुद्र शर्माले जानकारी दिए ।
नेतृत्वका लागि उम्मेदवार रहेका संस्थापन र संस्थापन इतर प्यानलबीच विवाद भएकाे हाे ।
विवादकै क्रममा दुई सय मतपत्र लुटिएको निर्वाचन समितिले जनाएको छ । चुनावमा मतदान गर्ने कुल २५ सय १० मतदाता रहेको जनाइएको छ ।