• बैशाख २२ २०८३, मंगलवार

पेट्रोलियम पदार्थको आयत असीमित हुँदै गएकोप्रति गृहमन्त्री खाँणको चिन्ता

फाल्गुन २१ २०७८, शनिबार

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले पेट्रोलियम पदार्थको आयत असीमित हुँदै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।

सिद्धार्थ उद्योग वाणिज्य संघ भैरहवाको ६३औँ वार्षिक साधरणसभामा मन्तव्य राख्दै गृहमन्त्री खाँणले भने, ‘गाउँगाउँमा समेत दाउरा बाल्न छाडियो, ग्यास गाउँगाउँमा पुग्यो, यसले पनि पेट्रोलियम पदार्थ आयात बढायो, यसलाई विस्थापित गर्ने भनेकै विद्युतको प्रयोग हो, यसैले विद्युतको ट्रान्समिटर बनाउने गरी एमसिसी सम्झौता भएको हो ।’

उनले एमसिसी सम्झौता नगरेको भए नेपालमा डलरको सङ्कट देखिने तर्क गर्दै एमसिसीले विकासमा धेरै सहयोग पुर्‍याउनेसमेत दाबी गरे ।