• बैशाख २२ २०८३, मंगलवार

एमसिसीकाे व्यख्यात्मक घोषणा लाज छोप्ने टालो मात्र : ईश्वर पोखरेल

फाल्गुन २१ २०७८, शनिबार

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमसिसीको व्यख्यात्मक घोषणा केही दलको लाज छोप्ने टालो मात्र भएको बताएका छन्।

ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै पोखरेलले उनले गठबन्धन नै टुट्ने भएपछि बाध्य भएर एमसिसीको व्यख्यात्मक घोषणा ल्याएको र सो घोषणा केही दलको लाज छोप्ने टालो मात्र भएको बताएका हुन्।

एमसिसीको व्यख्यात्मक घोषणा बकवास भएको उनको भनाइ छ । पोखरेलले राष्ट्रिय स्वाधीनता र स्वतन्त्रतामा असर नपर्ने गरी मुलुकको हितका लागि अन्य देशको सहयोग स्वीकार गर्नुपर्ने धारणा राखे ।

त्यस्तै उनले ‘ताजा जनादेशमा जान्छु’ भन्दा नमान्ने तर संविधान रक्षा गर्ने नाममा आपराधिक काम भएको भन्दै घृणित दक्षिणपन्थी अवसरवादको अगुवाई माधव नेपालले गरेको बताए । उनले एमालेलाई मार्गदर्शन गर्ने विचार जनताको बहुदलीय जनवाद नै भएकाले विचारबाट तलमाथि हुन नसक्ने स्पष्ट पारे ।