• बैशाख २३ २०८३, बुधबार

सर्वोच्चद्वारा प्रेस काउन्सिलका अध्यक्ष बस्नेतलाई पदबाट नहटाउन अन्तरिम आदेश जारी

फाल्गुन २० २०७८, शुक्रबार

काठमाडौं । सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलाई पदबाट नहटाउन सरकारका नाममा अन्तरिम आदेश गरेको छ ।

सर्वोच्चका न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले आज अन्तरिम आदेश जारी गरेको हो।

काउन्सिलका अध्यक्ष बस्नेतले पदबाट हटाउनका लागि मन्त्रिपरिषद्ले स्पष्टीकरण सोधेको विषयमा प्रश्न उठाइ सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।