• बैशाख २३ २०८३, बुधबार

गृह मन्त्रालयले झुटा शीर्षक राखेर समाचार बनाउनेलाई कारबाही गर्ने

फाल्गुन २० २०७८, शुक्रबार

काठमाडौं । गृह मन्त्रालयले सूचना प्रविधिको दुरुपयोग गरि फेसबुक, युट्युब, टिकटक, इन्स्टाग्रामलगायतमा झुटो क्याप्सन, शीर्षक राखी सम्प्रेषण गर्नेलाई कारबाही गर्ने भएको छ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै पछिल्लो समय सूचना प्रविधिको दुरुपयोग गरि झुटा क्याप्स र शीर्षक राखेर समाजमा उत्तेजना, अफवाह र सामाजिक सद्भावमा खलल पुर्याइएको भन्दै त्यसप्रकारको गतिविधि गर्नेलाई कारबाही गरिने मन्त्रालयले जनाएको हो।