• बैशाख २३ २०८३, बुधबार

युट्युबमा आफ्नो चरित्रहत्या गरिएको भन्दै रेखा थापाद्वारा साइबर ब्यूरोमा उजुरी

फाल्गुन २० २०७८, शुक्रबार

काठमाडौँ। अभिनेत्री रेखा थापालाई गालीगलौज गरेको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा जाहेरी परेको छ । थापाको तर्फबाट उनकी दिदी तारा थापाले ए वान मिडियाविरुद्ध शुक्रबार जाहेरी दर्ता गराएकी हुन् ।

पल शाहविरुद्ध बलात्कारको जाहेरी दिएकी नाबालिक पीडितको पक्षमा बोलेको भन्दै अभिनेत्री थापालाई गालीगालैज गरिएको उजुरीमा उल्लेख छ ।

जाहेरी परेलगत्तै आवश्यक प्रक्रिया अगाडि बढाइएको ब्यूरोले जानाएको छ।