काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले महाकाली बेच्नेहरुले नै एमसीसी पास गरेर देशको जलस्रोत बेचेको आरोप लगाएका छन् ।
आज ८ दलले एमसीसी विरुद्ध काठमाडौंमा आयोजना गरेको सभामा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले अमेरिका र भारत मिलेर नेपालको सार्वभौमसत्ता ध्वस्त पार्न लागेको दावी पनि गरे ।
शक्तिराष्ट्रहरुले नेपालका शासकहरुलाई हातमा लिएर यहाँको स्रोत लुट्न खोजिरहेको उनको भनाइ रहेको छ । नेपालीलाई उत्पादन गर्न नदिएर विदेश लखेट्ने काम शासकहरुले गरेको उनको भनाइ रहेको छ । जनताले यति ठूलो विरोध गर्दापनि एमसीसी पास गर्नु विदेशीको चरम दलाली भएको यनको भनाई रहेको छ ।
पैसा खाएर एमसीसी पास गरेको उनको आरोप छ । उनले ४ अरब पैसा शासकहरुले खाएको उनको दावी रहेको छ । प्रजातन्त्रको गीत गाएर उनीहरुले देश नै बेचेको उनको आरोप छ ।
दलालहरुले एमसीसी पास गरेमा जनता विदेश जान नपर्ने भनेर जनतामा ढाँट कुरा गरेको उनको आरोप रहेको छ ।