• बैशाख २२ २०८३, मंगलवार

एमसिसीको व्याख्यात्मक घोषणा भ्रमजाल मात्रै हो : मोहन वैद्य

फाल्गुन २० २०७८, शुक्रबार

काठमाडौँ। नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले एमसिसीको व्याख्यात्मक घोषणा जनतालाई भ्रममा पार्ने जालो मात्रै भएको बताएका छन्।

शुक्रबार काठमाडौँको खुलामञ्चमा आठ दलीय मोर्चाद्वारा आयोजित एमसिसी विरुद्धको विरोधसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले कानुन र संविधानले मान्यता समेत नदिएको विषयले जनतामाथि भ्रम मात्रै छरिएको बताए।

उनले यसका विरुद्ध संघर्ष जारी राख्न सम्पूर्ण वामपन्थीहरु,लोकतन्त्रवादीहरु एक भएर उभिनुपर्ने बताए ।