• बैशाख २२ २०८३, मंगलवार

माओवादीको केन्द्रीय कमिटी बैठक सर्यो

फाल्गुन २० २०७८, शुक्रबार

काठमाडौँ। सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यसमितिको बैठक केही घण्टा सरेको छ। बिहान ११ बजे बस्ने तय भएको बैठक दिउँसो १ बजे सरेको केन्द्रीय कार्यालयले जनाएको छ ।

बैठकमा माओवादीको पदाधिकारी एवम् कार्यसमितिलाई पूर्णता दिइने, कार्यविभाजन, भावी कार्ययोजना लगायत संसदबाट अनुमोदन भइसकेको अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे पनि थप छलफल हुने पार्टी केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बताए ।

यसलगायत आगामी स्थानीय तहको चुनाव र आगामी दिनमा पार्टी कस्तो भूमिकामा प्रस्तुत हुने विषयमा आन्तरिक बहस भइरहेकाले पनि माओवादी केन्द्रको बैठक केही घण्टा पर सरेको उनको भनाइ छ ।

बैठक काठमाडौंस्थित राष्ट्रिय सभागृहमा बस्ने छ ।