• बैशाख २३ २०८३, बुधबार

९ वर्षीया बालिकामाथि बलात्कार गर्ने २८ वर्षीय युवक पक्राउ

फाल्गुन १९ २०७८, बिहीबार

काठमाडाैं । ललितपुरमा ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कोञ्ज्योसोम गाउँपालिका–२ शंखु बस्ने २८ वर्षीय सन्तमान थोकरलाई बुधवार बिहान प्रहरीले पक्राउ गरेको छ ।

थोकरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोञ्ज्योसोमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।