काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमसिसीको व्याख्यात्मक घोषणा जनतामाथि छरिएको भ्रम भएको बताएका छन्।
प्रेस चौतारी कैलालीद्वारा बिहीवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले कानुन र संविधानले मान्यतासमेत नदिएको विषयले जनतामाथि भ्रम मात्रै छरिएको दाबी गरे। उनले कुनै पनि विषयमा संशोधन नहुने गरी हुबहु पारित गरेको भन्दै व्याख्यात्मक घोषणाको कुनै अर्थ नरहेको जिकिर गरे।
‘व्याख्यात्मक घोषणा सरकारको लाज जोगाउने प्रयास मात्रै हो। जे छ त्यही कुरा स्पष्ट पारिएको हो संशोधन गरिएको होइन। कार्यकर्ताहरूलाई भ्रम सिर्जना गरिएको छ‚’ महासचिव पोखरेलले भने, ‘हाम्रो संविधान र कानुनले व्याख्यालाई कानुनी हैसियत प्रदान गर्दैन।’
महासचिव पोखरेलले सभामुख अग्नि सापकोटा राजनीतिक पूर्वाग्रही बनेको आरोप लगाए।