काठमाडौं । न्याय परिषदले हरेक जिल्ला अदालतका एक नम्बर न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतको रुपमा सिफारिस गर्दै स्थानीय तह निर्वाचनको मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि ४६७ जनाको नाम निर्वाचन आयोगमा पठाएको छ।
परिषदको सोमबार बसेको बैठकले ९२ जना जिल्ला न्यायाधीश र न्याय सेवाका ३७५ जना उपसचिवको नाम आयोगमा पठाएको हो ।
आयोगले जिल्ला न्यायाधीश र न्याय सेवाबाट करिव ३०० कर्मचारीहरुको नाम सिफारिस हुने अनुमान गरेकोमा न्यायपरिषदले डेढ सयभन्दा बढी कर्मचारीको नाम सिफारिस गरेको हो।
सिन्धुली र रामेछापका जिल्ला न्यायाधीश अरु काममा समेत व्यस्त भएकाले उनीहरुको ठाउँमा अरु नाम पठाइएको छ ।
त्यसैगरी न्यायसेवाको विभिन्न समूहबाट ३७५ जना उपसचिवहरुलाई निर्वाचन अधिकृतको रुपमा सिफारिस गरिएको छ। न्यायप्रशासन समूहबाट १७९, कानून समूहबाट ४९ र सरकारी वकिल समूहबाट १ सय ४७ जनाको नाम पठाइएको हो।