• बैशाख २२ २०८३, मंगलवार

गृहमन्त्री बालकृष्ण खाँणलाई भिजिट भिसाबारे गठित कार्यदलले बुझाए प्रतिवेदन

फाल्गुन १८ २०७८, बुधबार

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणलाई भिजिट भिसाका कारण सिर्जित समस्या समाधानको उपाय सिफारिस गर्न गठित कार्यदलले प्रतिवेदन बुझाएको छ ।

बुधबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा कार्यदलका संयोजक फणिन्द्रमणि पोखरेलले मन्त्री खाँणलाई प्रतिवेदन बुझाएका हुन्।

११ माघमा गठित कार्यदलले भ्रमण गर्न योग्य व्यक्तिको पहिचान गर्ने आधार र भ्रमण गर्न आवश्यक हुने को आधार के हो ? कसरी छुट्टयाउने भन्ने बारेमा पनि सिफारिस गरेको छ। त्यस विषयमा वस्तुगत आधार तयार गर्न समितिले सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ।

यो प्रतिवेदन कार्यविधि बनाएपछि कार्यान्वयनमा आउने छ। कार्यविधि बनाउन अध्यागमन विभाग, वैदेशिक रोजगार विभाग र सम्वद्ध निकायका प्रतिनिधिहरू सम्मिलित समिति बनाउने छ।