काठमाडौँ । छिमेकी देश भारतमा पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवालाई गिरफ्तार गरेको छ । भारतको राजधानी शहर नजिकै गाजियावाद जिल्लाको मन्सुरी गाउँकी एक पाँच वर्षकी बालिका बलात्कार गरेको आरोपमा भारतको गाजियावाद जिल्लास्थित मन्सुरी थाना प्रहरीले सन्दीप नाम गरेका एक युवालाई गिरफ्तार गरेको बताएको हो ।
मन्सुरी प्रहरीले घटनाको विवरण सार्वजनिक गरे अनुसार बजार गएकी पाँच वर्षकी बालिकालाई आरोपी युवा सन्दीपले चकलेट दिने लोभ देखाएर आफ्नो घर लगेर बलात्कार गरेका थिए । बलात्कृत बालिका घर आएर अभिभावकहरुसँग डराएर अनौठो व्यवहार गरेपछि अभिभावकहरुले सोधपुछ गर्दा उनी बलात्कारमा परेको खुलेको हो । बालिकाका भिभावकहरुले प्रहरीलाई खबर गरेर उजुरी गरेपछि आरोपी युवालाई पक्राउ गरिएको हो ।