• बैशाख २३ २०८३, बुधबार

फलफूल पसलबाट गाँजासहित एक जना पक्राउ

फाल्गुन १८ २०७८, बुधबार

काठमाडौं ।  धनुषाको एक फलफूल पसलबाट लागुऔषध गाँजासहित एक जना पक्राउ परेका छन् ।

धनुषा प्रहरीले गोप्य सूचनाका आधारमा बुधबार बिहान करिब ११ बजे फलफूलको पसलबाट लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ५ का १९ वर्षीय अरुण कुमार साह रहेका छन् ।

क्षिरेश्वरनाथ नगरपालिका–५ दूधमती चौक स्थित रवि साह र उनका छोराले सञ्चालन गरेको फलफूल पसलमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटेको प्रहरी टोलीले खानतलासी गर्दा डिस्पोजल झोलाभित्र कागजको पुरिया बनाई बिक्री वितरण गर्न तयारी अवस्थामा राखिएको गाँजाको पुरिया १३ थान बरामद गरिएको हो।

बरामद गरिएको गाँजा ९० ग्राम छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।