काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा)ले आउँदो असार १ र २ गते पार्टीको विधान अधिवेशन गर्ने निर्णय गरेको छ ।
गत बिहीबारबाट सुरु भएको केन्द्रीय कार्यकारिणी समितिको बैठकले आगामी असार १ र २ मा पार्टीको विधान अधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।
यस्तै बैठकले आउँदो असारमा विधान अधिवेशन गर्ने र यही फागुन २८ गते संघीय परिषद् र ३० गते केन्द्रीय समितिको बैठक पनि बोलाएको उनले जानकारी दिए।
