काठमाडौँ। प्रतिनिधि सभाको बुधबारको बैठक करिब ७ मिनेट बसेर सकिएको छ। दिउँसो १ बजेका लागि बोलाइएको बैठक सवा १ बजे सुरु भएको थियो।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन कानुनमन्त्री दिलेन्द्र बडूले पेश गरेका छन्।
उनले यो प्रतिवेदन पेस गरेसँगै सभामुख अग्नि सापकोटाले अर्को बैठक आगामी फागुन २२ गते आइतवार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेका छन्।
गत आइतबार बसेको बैठकबाट अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन भएपछि आज पहिलो संसद बैठक बसेको हो ।