काठमाडौँ। प्रतिनिधिसभाको बैठक केहीबेर आघि सुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठक प्रारम्भ भएको जानकारी दिएलगत्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विराेध सुरु गरेको छ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ पेश गर्ने कार्यक्रम छ ।
गत आइतबार बसेको बैठकबाट अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन भएपछि आज पहिलो संसद बैठक बसेको हो ।