• बैशाख २२ २०८३, मंगलवार

हामीलाई निमिट्यान्न पार्ने बालकोटको षड्यन्त्र एकै चुड्कीमा समाप्त : नेपाल

फाल्गुन १७ २०७८, मंगलवार

काठमाडौँ। एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले १ फागुनमै आफ्नो पार्टीको अस्तित्व समाप्त पार्न खोजिएको दाबी गरेका छन् ।

मंगलबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले भने, ‘हामीलाई निमिट्यान्न पार्न खोज्ने षड्यष्न्त्रहरु एकै मिनेटमा चुड्की बजाएर समाप्त पारिएको छ । फागुन १ गतेको षड्यन्त्र त्यस्तै थियो । त्यही दिन हाम्रो पार्टीको अस्तित्व समाप्त पार्ने षड्यन्त्र भएको थियो ।’

उनले आफ्नो पार्टी नै सिध्याउन बालकोट सक्रिय भएपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्ध महाभियोग लगाउन बाध्य भएको बताए।