• बैशाख २४ २०८३, बिहीबार

धरानको एक होटलभित्र महिलाको शव फेला

फाल्गुन १७ २०७८, मंगलवार

सुनसरी । सुनसरीको धरानमा रहेको एक होटलभित्र महिलाको शव फेला परेको छ ।

धरान उपमहानगरपालिका-१८ बुद्धचोकमा रहेको न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउसको कोठामा अन्दाजी ३०-३५ वर्षीय महिलाको शव फेला परेको हो ।

प्रहरीका अनुसार महिला दुई दिनयता होटलमा बसेकी थिइन् ।मंगलबार बिहान कोठा सफा गर्न पुगेका होटलका कर्मचारीले मृत भेटेपछि प्रहरीलाई खबर गरेका थिए । महिलासँगै होटलमा बसेका पुरुष भने फरार छन् ।

महिलाको शरीरमा चोट पटक रहेको र सँगै रहेका पुरुष फरार रहेका कारण प्रहरीले हत्या भएको हुनसक्ने बताएको छ । इलाका प्रहरी कार्यालय धरानले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।

महिलाको सनाखत भएको छैन । तर उनको साथबाट सुमित्रा तामाङ लेखिएको आइडी कार्ड फेला परेको छ । आइडी कार्डका आधारमा सनाखतका लागि प्रहरीले महिलाको आफन्तलाई बोलाएको छ ।

प्रहरीका अनुसार सोमबार सँगै बसेका पुरुष मंगलबार होटललाई जानकारी नै नदिइ फरार भएका थिए । महिलाको अनुहारमा चोटपटक रहेका कारण घटना शंकास्पद रहेको प्रहरीले बताएको छ।