• बैशाख २२ २०८३, मंगलवार

पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादी

फाल्गुन १७ २०७८, मंगलवार

काठमाडौँ। सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले आज पत्रकार सम्मेलन गर्ने भएको छ। आज दिउँसो २ बजे नयाँ बानेश्वरस्थित एक होटलमा पत्रकार सम्मेलन गरेर पार्टी अध्यक्ष माधवकुमार नेपालले एमसिसी लगायत विभिन्न विषयमा पार्टीका धारणा सार्वजनिक गर्ने कार्यक्रम रहेको एकीकृत समाजवादीले जनाएको छ।

एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार पत्रकार सम्मेलनमा एमसिसीसहित समसामयिक विषयमा अध्यक्ष नेपालले पार्टीको धारणा सार्वजनिक गर्नेछन्।

एकीकृत समाजवादीले एमसिसी पारित गर्ने निर्णय गरेको थियो। तर, यो निर्णयप्रति पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले असन्तुष्टि जनाउँदै आएका छन्।

एमसिसी पारित भएपछि नेपाली कांग्रेस र नेकपा माओवादीले सोमबार पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गरिसकेका छन्।