• बैशाख २३ २०८३, बुधबार

एमसीसीको विरोधमा प्रदर्शन चर्किएपछि कर्फ्यू

फाल्गुन १६ २०७८, सोमबार

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले सदरमुकाम वीरेन्द्रनगरमा कर्फ्यू जारी गरेको छ। अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदनको विरोधमा प्रदर्शन चर्किएपछि वीरेन्द्रनगरमा कर्फ्यू लगाइएको हो।

एमसीसी सम्झौता अनुमोदनको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित ६ दलले गरेको विरोधी प्रदर्शन चर्किएको थियो।

प्रदर्शन नियन्त्रण बाहिर गएको भन्दै स्थानीय प्रशासनले सोमबार बेलुकी सवा ८ बजेदेखि मंगलबार साँझ ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो।

सोमबार साँझ ६ दलका कार्यकर्ताले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेको पार्टी कार्यालयमा तोडफोड र आगजनी समेत गरेका छन्।