• बैशाख २३ २०८३, बुधबार

बनेपामा शंकास्पद वस्तु फेला, राजमार्ग अवरुद्ध

फाल्गुन १६ २०७८, सोमबार

बनेपा । काभ्रेको बनेपास्थित अरनिको राजमार्ग पुल बजारमा शंकास्पद वस्तु फेला परेको छ । सोमबार बिहान राजमार्गमा शंकास्पद वस्तु फेला परेको हो ।

अहिले पुल बजारको सडक खण्ड बन्द गरिएको छ । नो एमसिसी लेखिएको शंकास्पद वस्तु भएको क्षेत्रलाई प्रहरीले सुरक्षा दिएको छ । नेपाली सेनाको बम डिस्पोजल टोली अहिले घटनास्थलमा पुगेको छ । घटनास्थल आसपासका क्षेत्रमा सुरक्षा सतर्कता बढाउँदै सवारी आवागमन रोकिएको छ। बन्दकर्ताले बन्द सफल पार्न यस्तो बस्तु राखेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।