• बैशाख २२ २०८३, मंगलवार

बहुमतले एमसीसी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव  स्वीकृत

फाल्गुन १५ २०७८, आईतवार

काठमाडाैं । नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ ।

प्रतिनिधि सभाको आज आइतवारकाे पहिलाे बैठकमा अर्थ मन्त्री जनार्दन शर्माले प्रस्तुत गरेकाे त्याे प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।

त्यसअघि बैठकमा सांसदहरूले त्यस प्रस्तावका सम्बन्धमा पक्ष/विपक्षमा आफ्ना धारणा व्यक्त गरेका थिए ।