नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले एमसीसी मार्फत् नेपाललाई रबर स्ट्याम्प बनाउन खोजेको दावी गरेका छन् । आजको संसद बैठकमा बोल्दै उनको यस्तो दावी गरेका छन् ।
एमसीसी पास भएका यसले नेपालमा समानान्तर सरकार चलाउने उनको दावी रहेको छ । विदेशी सहयोगलाई संसदबाट पास गर्ने कुराले भावी दिनमा नेपालमा खराब प्रचलन विकास हुने उनको भनाइ रहेको छ ।
एमसीसी नलिएमा सहयोग रोक्ने धम्की आउनु गलत भद्धएको उनको भनाइ रहेको छ ।