काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले एमसिसी सम्झौता केवल आर्थिक सहायताको विषयमात्रै नभएको बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
‘एमसीसी केवल आर्थिक सहायताको विषयमात्रै होइन, नेपाली जनता यो विषयमा विभाजित र विवादित भइरहेको अवस्थामा यसलाई राष्ट्रिय सहमति कायम गर्ने गरी स्थगन गरेर नयाँबाट अगाडि जानुपर्छ भनेर आग्रह गर्दछु,’ उनले भने, ‘यथास्थितिमा पास गर्नु भनेको देशलाई द्वन्द्वमा लैजानु हो ।’
उनले एमसिसीलाई तत्काल स्थगित गरेर राष्ट्रिय सहमतिका साथ अगाडि बढाउनुपर्ने माग समेत गरे ।
उनले एमसीसीलाई हतारमा प्राविधिक कुरामात्रै पूरा गरेर पास नगर्नसमेत आग्रह गरे । उनले एमसिसीका सबै दफामा लेखिएको बारेमा जनताले थाहा पाउनुपर्ने र विश्वस्त हुने अवसर दिनुपर्ने बताए।