नेकपा एसका नेता मेटमणि चौधरीले अमेरिको सैन्य रणनीति पास गरेर हामी के असलग्न राष्ट्रका जनता भनेर चिनिन सक्छौं ? भनेर प्रश्न गरेका छन् ।
आज संसदमा अमेरिकी एमसीसी पास गर्नका लागि लागि चलेको बैठकमा नेकपा एसका तर्फबाट बोल्दै उनले यस्तो प्रश्न गरेका हुन् । उनले एमसीसी पास गरेका खण्डमा नेपाल कुनै शक्तिराष्ट्रको खेलमा परेको ठहर्ने बताए ।
कुनैपनि देशले दिने आर्थिक सहायत संसदबाट पास गर्न नपर्ने तर एमसीसी किन पास गर्न पर्नेभन्दै प्रश्न उठाए ।