काठमाडौं । नेकपा एमालेका सांसद भीम रावलले अमेरिकी सहायता परियोजना (एमसिसी) प्रतिनिधिसभाबाट अस्वीकार गर्न आग्रह गरेका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा सैद्धान्तिक छलफलमा भाग लिँदै उनले राष्ट्रघाति सम्झौता भएकाले अस्वीकार गर्न आह्वान गरेका हुन् ।
प्रतिनिधिसभामा होहल्लाका बीचमा एमसिसी सम्झौता पेश हुनु आपत्तिजनक भएको उनले बताए । राजनीतिक दलका नेताहरु स्वार्थ र गुटबन्धीमा लागेर पारित गर्न नहुनेमा उनको जोड छ ।
उनले एमसीसीको विपक्षमा मतदान गर्न सांसदहरुलाई आग्रह आह्वान पनि गरे । व्याख्यात्मक टिप्पणीबाट संशोधन हुन्छ भन्नु जनतलाई ठग्ने कुरा मात्रै भएको उनको भनाइ छ । जनताको अपमान गरेको र सम्झौता पारित गर्ने ‘गद्धार’ भएको उनको टिप्पणी छ ।