काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) ले व्याख्यात्मक घोषणासहित एमसिसी पारित गर्ने निर्णय गरेको छ।
आज बसेको पार्टीको बैठकले एमसिसीको पक्षमा मतदान गर्ने निर्णय गरेको हो।
व्याख्यात्मक घोषणासहित एमसिसी पारित गर्ने पार्टीले निर्णय गरेको सचिव रामकुमारी झाँक्रीले जानकारी दिइन्।
आज विहान बालुवाटारमा बसेको सत्तारूढ गठबन्धन बैठकले पनि व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गर्ने निर्णय गरेको थियो।