• बैशाख २२ २०८३, मंगलवार

माओवादी संसदीय दलको बैठक जारी

फाल्गुन १५ २०७८, आईतवार

काठमाडौँ। नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक जारी छ ।

एमसीसीलाई ब्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने पार्टी र सत्ता गठबन्धनको निर्णयबारे जानकारी दिन माओवादी अध्यक्ष एवम् संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले दलको बैठक बोलाएका हुन् । बैठक संसद भवन नयाँबानेश्वरमा जारी छ ।

आज दिउँसो १ बजे बोलाइएको प्रतिनिधि सभा बैठकबाट एमसीसी पारित गर्ने निर्णय सत्ता गठबन्धनको बैठकले गरेको छ । त्यसअघि बसेको माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठकले पनि सोही निर्णय गरेको थियो ।

एमसीसी यही फागुन ५ गते प्रतिनिधि सभामा पेश भएको थियो । एमसीसीलाई संसदबाट अनुमोदन गर्ने समयसीमा भोलि (फागुन १६ गते)सम्म छ ।