काठमाडौँ। बलात्कार आरोप लागेका अभिनेता पल शाह प्रहरी नियन्त्रणमा परेका छन्। उनी आइतबार मध्यान्ह जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएपछि जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिइएको हो।
यसअघि उनले आज बिहान फेसबुकमार्फत् आफू प्रहरीकोमा आत्मसमर्पण गर्ने जानकारी दिएका थिए।
१७ वर्षीया एक गायिकाले आफूलाई शाहले जबर्जस्ती करणी र यौन दुर्व्यवहार गरेको भन्दै गत बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् ।
जाहेरी दर्ता भएलगत्तै प्रहरीले उनको खोजी गरिरहेको थियो। तर प्रहरीले फेला पार्न नसकिरहेका बेला उनी आफैं पुगेका हुन्।
पललाई पक्राउ गर्न नसकेपछि प्रहरीले शनिबार ‘म यस्तो गीत गाउँछु २’ का निर्देशक तथा निर्माता सुदर्शन थापालाई बोलाएर सोधपुछ गरेको थियो।