• बैशाख २२ २०८३, मंगलवार

भोलि बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूचीको दोस्रो नम्बरमा एमसीसी

फाल्गुन १४ २०७८, शनिबार

काठमाडाैं ।  भोलि बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसीमाथि छलफल हुने भएको छ ।

संघीय संसद सचिवालयले प्रकाशन गरेको आइतबार भोलि बस्ने बैठकको कार्यसूचीमा एमसीसी सम्झौताबारेमा छलफल अघि बढाउने उल्लेख छ ।

भोलि दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गत आर्थिक वर्षको महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने पहिलो कार्यसूची रहेको छ भने दोश्रो कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सरकारबीचको एमसीसी अनुदान सहायतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव गर्ने कार्यसूची तोकिएको छ ।

यस्तै प्रतिनिधिसभाको बैठकअघि बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समिति बोलाइएको सभामुख अग्नि सापकोटाको सचिवालयले जनाएको छ । यसअघि यही फागुन १२ र १३ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सरकारको आग्रहमा स्थगित गरिएको थियो ।