काठमाडौं । महोत्तरीमा फेला परेको शंकास्पद वस्तु टाइम बम भएको पुष्टि भएको छ । टाइम बम भएको पुष्टि गर्दै नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय बनाएको छ ।
अहिले यहाँको जनजीवन सामान्य बनेको नगरप्रमुख हरि मण्डलले जानकारी दिए । प्रहरीले उक्त बमको विषयमा अनुसन्धान अगाडि बढाएको छ । नगरपालिका कार्यालयनजिकै राखिएको बमको विषयमा अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
विहान करिब १० बजे झोलाभित्र प्रेसर कुकर र तार फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।