• बैशाख २४ २०८३, बिहीबार

महोत्तरीको मटिहानीमा शंकास्पद वस्तु फेला

फाल्गुन १४ २०७८, शनिबार

महोत्तरी। महोत्तरीको मटिहानी नगरपालिका–२ स्थित धिरापुरमा शंकास्पद वस्तु फेला परेको छ । धिरापुरमा रहेको मटिहानी नगरपालिकाको कार्यालय अगाडि शनिबार बिहान झोलाभित्र रखिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको हो

प्रेसर कुकरभित्र राखिएको वस्तुको बाहिरपट्टि तारहरु देखिएकाले स्थानीयले बमको आशंका गरी प्रहरीलाई खबर गरेका थिए । रणभीम गण पर्काैलीबाट नेपाली सेनाको बम डिस्पोज टोली अहिले घटनास्थलमा पुगेको र उक्त कुकर डिस्पोज गर्ने तयारी गरिरहेको मटिहानी नगरपालिकाका मेयर हरि मण्डलले जानकारी दिए

हालसम्म उक्त कुकर कसले र किन राख्यो भन्ने खुलेको छैन ।