• बैशाख २२ २०८३, मंगलवार

एमसिसीकै कारण गठबन्धन टुट्ने खतरा बढ्यो, अन्तिम उपाय खोज्दैछौँ : प्रचण्ड

फाल्गुन १४ २०७८, शनिबार

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसिसीकै कारण वर्तमान सत्ता गठबन्धन टुट्ने खतरा बढेको बताएका छन्। उनले आफूहरु प्रतिगमनकारी गठबन्धन अगाडि नआओस् भन्ने पक्षमा प्रयासरत रहेको र अन्तिम उपाय खोजिरहेको समेत बताए ।

माओवादी सशस्त्र द्वन्द्वका प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृति तथा शहीद सप्ताहको स्मृतिमा शनिबार पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा भएको कार्यक्रममा अध्यक्ष प्रचण्डले अहिलेको सत्ता गठबन्धन राष्ट्रियता, संविधान र लोकतन्त्र बचाउन बनेको दाबी गरे ।

गठबन्धन र सरकार बनिसकेपछि पनि न्यूनतम साझा कार्यक्रममा कहीँ पनि एमसिसीको चर्चा नगरिएको उनको भनाइ छ । कार्यक्रममा प्रचण्डले सशस्त्र द्वन्द्वका प्रथम शहीद रम्तेलको स्मृतिमा अक्षय कोष बनाउने घोषणा समेत गरेका छन्।