• बैशाख २२ २०८३, मंगलवार

प्रचण्डलाई भेट्न खुमलटार पुगे वामदेव गौतम

फाल्गुन १३ २०७८, शुक्रबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न राष्ट्रिसभा सदस्य वामदेव गौतम खुमलटार पुगेका छन् ।

शुक्रबार प्रचण्ड र बीच खुमलटारमा भेटवार्ता भएको हो । भेटका क्रममा राष्ट्रिय राजनीतिमा देखिएको संकटका बारेमा गम्भीर छलफल भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

एमसीसीको विषयलाई लिएर सत्ता गठबन्धनमै संकट उत्पन्न भएका बेला यो भेट भएको हो । हालै नेता गौतमले एमसीसी फिर्ता लैजान अमेरिकालाई आग्रह गरेका थिए ।