काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अधयक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल सुरु भएको छ ।
प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारले प्रधानमन्त्री र अध्यक्ष प्रचण्डबीच छलफल जारी रहेको जानकारी दिए ।
यस अघि नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाल र प्रचण्डबीच सिंहदरवारमा भेट भएकाे थियाे । शुक्रबार बिहान माओवादी केन्द्रकाे विस्तारित बैठकले गठबन्धन कायम राखेर एमसिसीलाई निष्कर्षमा पु-याउने सहमति गरेकाे थियाे ।