• बैशाख २२ २०८३, मंगलवार

नेकपा एमाले अध्यक्ष ओली आज पोखरा जाँदै

फाल्गुन १३ २०७८, शुक्रबार

काठमाडौँ। पूर्व-प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पोखरा जाने भएका छन्।

पार्टी प्रवेश कार्यक्रममा सहभागी हुनका लागि उनी आज (शुक्रबार) बिहान ११ बजे पोखरा जाने कार्यक्रम रहेको नेकपा एमालेका कार्यालय सचिन शेरबहादुर तामाङले बताए ।

उनका अनुसार अध्यक्ष ओली आजै काठमाडौं फर्कने कार्यक्रम रहेको छ।