काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पक्षमा उभिन एमालेलाई प्रस्ताव गर्दै सबै माग पुरा गर्न तयार रहेको बताएपछि दुई पार्टीबीचको वार्ता सकारात्मक भएको नेताहरुले बताएका छन् ।
थप रणनीति बनाउन एमालेका नेताहरु अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा छलफलका लागि जुटेका छन्।
वार्तामा सहभागी एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सदनमा एमालेको सहभागिताका सन्दर्भमा आफूहरुले उठाएका मागप्रति प्रधानमन्त्री सकारात्मक बने पनि निष्कर्षमा नपुगिएको बताए ।
उनले आफूहरु थप छलफलका लागि अध्यक्ष ओलीको निवासमा आइपुगेको बताए । कांग्रेस र एमालेबीच शुक्रबार विहान पुनः छलफल हुँदैछ।