• बैशाख २२ २०८३, मंगलवार

प्रधानसेनापति शर्मा र भारतीय सेनाका लेफ्टिनेन्ट जनरल अनन्थनारायणबीच भेटघाट

फाल्गुन १२ २०७८, बिहीबार

काठमाडाैं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय सेनाका लेफ्टिनेन्ट जनरल पीएन अनन्थनारायणबीच जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ ।

प्रधानसेनापति शर्माको कार्यालयमा भएको भेटघाटले दुई देशका सेनाबीच रहँदै आएको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।