बुटवल । बुटवलको एक दालमोठ उद्योगमा आगलागी हुँदा ४८ लाख बराबरको क्षति भएको छ ।
बुटवल उपमहानगरपालिका-११ मैनाबगरस्थित पशुपति बानियाँको दालमोठ उद्याेगमाआगलागी हुँदा भवन, १५ थान मेसिन, दालमोठ र कच्चा पदार्थलगायत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिई प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ ।